काठमाडौं : ऋषि तर्पणी पूर्णिमाको अवसर पारेर काठमाडौंमा आइतबार संस्कृत दिवस मनाइएको छ। हरेक वर्ष यस दिनलाई संस्कृत दिवसका रूपमा पनि मनाउन थालिएको छ। दिवसका अवसरमा संस्कृत भाषाबारे काठमाडौंमा अन्तरराष्ट्रिय सेमिनार समेत सुरु भएको छ। 'संस्कृतम्ः पूर्वीय–संस्कृतेः स्रोतः' सेमिनारको उद्घाटन नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले गरे। कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशी, पदम श्री विभूषित भारतीय विद्वान चमुकृष्ण शास्त्रीलगायत