हिमालयन डिस्टिलरीले बढायो नाफा

काठमाडौं । महँगी, तरलता अभाव र ब्याजदर वृद्धिका कारण आर्थिक गतिविधिमा सुस्तता आएपनि मदिरा उत्पादक कम्पनी हिमालयन डिस्टिलरीले बिक्री आम्दानीसँगै नाफा बढाएको छ । चालु आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासमा कम्पनीले २१ करोड ५७ लाख ६१ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । कम्पनीले ३ महिनामा मदिरा बिक्रीबाट १ अर्ब ३८ करोड २४ लाख […]

सम्बन्धित सामग्री

हिमालयन ८०-२० ले सूचीकृत धितोपत्रमा लगानी बढायो

काठमाडौं । हिमालयन म्युचुअल फण्डअन्तर्गत सञ्चालित हिमालयन ८०-२० ले पुस मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डले मङ्सिरको तुलनामा पुसमा सूचीकृत धितोपत्रमा लगानी बढाएको छ । मङ्सिर मसान्तमा सूचीकृत धितोत्रपमा रू. ८ करोड ५९ लाख लगानी गरेकोमा पुस मसान्तमा बढाएर रू. २९ करोड ५० लाख पुर्‍याइएको हो । त्यस्तै यो फण्डको न्याभ पनि मङ्सिर मसान्तको तुलनामा पुस मसान्तमा वृद्धि भएको छ । मङ्सिर मसान्तमा फण्डको न्याभ १० रुपैयाँ १४ पैसा रहेकोमा पुस मसान्तमा १० रुपैयाँ ५६ पैसा पुगेको हो ।  यो फण्डले पुस मसान्तसम्ममा रू. ५ करोड ५९ लाख नाफा कमाएको छ ।  मङ्सिर मसान्तमा भने फण्डले रू. १ करोड ४२ लाख नाफा कमाएको थियो । यस आधारमा फण्डको नाफामा उल्लेख्य वृद्धि भएको छ । पुस मसान्तमा फण्डको आम्दानीमा वृद्धि भएसँगै नाफा बढ्न टेवा पुगेको हो । मङ्सिर मसान्तसम्ममा फण्डको जम्मा आम्दानी रू. २ करोड १५ लाख रहेकोमा पुस मसान्तमा बढेर रू. ६ करोड ६६ लाख पुगेको छ ।  रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्

हिमालयन बैंकको खुद व्याज र सञ्चालन आम्दानीले बढायो नाफा

हिमालयन बैंक लिमिटेडले खुद व्याज अम्दानी र सञ्चालन नाफा बढेपछि खुद नाफा २७ दशमलव ४५ प्रतिशत बढ्न पुगेको छ । गत