काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले संसदीय समितिहरुले दिएको निर्देशन आफूले हुबहु पालना गर्ने प्रतिवद्धता जनाएका छन्। मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री आलेले समितिले दिएको निर्देशन पालना गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन्। उनले सरकारी स्वामित्वमा रहेको १४८ रोपनी जग्गा तारागाउँ विकास समितिले आफ्नो नाममा पारेको र यसलाई […]