पहिरोको जोखिमले ४१ दलित परिवार विद्यालयमा आश्रित

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ खाँचिकोटको भुजुंगेमा पहिरोको जोखिमका कारण ४१ दलित परिवार विस्थापित बनेका छन् । उनीहरु हाल विद्यालयमा बसेका छन् । पहिरोको उच्च जोखिमका कारण ४१ दलित परिवारका एक सय ६१ जना विस्थापित बनेका वडा अध्यक्ष चुराबहादुर केसीले जानकारी दिए । उनीहरुलाई  स्थानीय चन्द्र प्रभा माध्यमिक  विद्यालयको भवनमा राखिएको छ । आश्रितमध्ये चार गर्भवती र चार सुत्केरीसमेत छन् । गाउँका केही घर पहिराले भत्किएका छन् । केही घर उच्च जोखिममा छन् । सिङ्गो गाउँका बासिन्दालाई