समाजवादीले बुझायो नयाँ मन्त्रीको नाम, को को बन्दैछन् मन्त्री ? (नामसहित)

नेकपा एकीकृत समाजवादीले ४ मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेसँगै नियुक्तिका लागि ४ मन्त्रीको नाम तयार पारेका छ । एकिकृत समाजवादीले पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई फिर्ता बोलाउँदै नयाँ नाम पठाईसकिएको जनाएको छ ।एक नेताका अनुसार स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्य मन्त्रालयको फुल मन्त्री बनाइँदैछ ।जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, मेटमणि चौधरी शहरी विकास मन्त्री बनाउन लागिएको समाजवादी स्रोतले बताएको छ । आफ्नो भागमै रहेको स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीमा समाजवादीले हिरा केसीलाई पठाउने भएको छ ।आजै बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले मन्त्रीहरुलाइ सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको थियो ।समाजवादीको सचिवालय बैठकले निर्णय गरेसँगै अब स्वास्थ्य तथा जनसङ्‌ख्या मन्त्री विरोध खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले, शहरी विकासमन्त्री रामकुमारी झाक्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ पदमुक्त हुने भएका छन् ।यसअघि नै ६ महिनाका लागि भनेर पार्टीले पठाएकाले ६ महिना पूरा भएसँगै फिर्ता बोलाएर नयाँ व्यक्तिलाई पठाउन लागिएको एमालेका नेता झलनाथ खनालले बताएका छन् ।