३ साउन, काठमाडौं । ६० औं इन्जिनियर दिवसको अवसरमा राष्ट्रका लागि उत्कृष्ट योगदान पुर्याउने इन्जिनियर र संस्थाहरुलाई सम्मान गरिएको छ । नेपाल इन्जिनियर्स एसोसिएसनले आज प्रज्ञा भवन कमलादीमा आयोजना गरेको विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई सम्मान गरे । कार्यक्रममा वरिष्ठ इन्जिनियर विजयमान शेरचनलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ । शेरचन इलेक्ट्रिक भेहिकल एसोसिएसनको […]