पलविरुद्ध नवलपुर जिल्ला अदालतमा मुद्दा दर्ता

काठमाडौँ । नायक पल शाहविरुद्ध नवलपरासी पूर्वको नवलपुर जिल्ला अदालतमा पनि बलात्कार मुद्दा दर्ता भएको छ। १६ वर्षीया किशोरीले दिएको जाहेरीका आधारमा बिहीबार सरकारी वकिलको कार्यालयले शाहविरुद्ध मुद्दा दर्ता भएको हो। यसअघि शाहविरुद्ध फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कार गरेको भन्दै उजुरी परेको थियो। हाल शाह जिल्ला प्रहरी कार्यालय तनहुँकै हिरासतमा रहेका छन्।

सम्बन्धित सामग्री

हुन्डी कारोबारमा संलग्न रहेको अभियोगमा ४ जनामाथि मुद्दा दर्ता दायर

हुन्डी कारोबारमा संलग्न रहेको अभियोगमा राजस्व अनुसन्धान विभागले मधेस प्रदेश सिरहा जिल्लाका ४ जनामाथि जिल्ला अदालत सिरहामा मुद्दा दर्ता गराएको छ।...

सन्दीप लामिछानेविरूद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता हुने

काठमाडौं- बालिका बलात्कार अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेविरूद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता हुने भएको छ । जिल्ला सरकारी कार्यालय काठमाडौंले लामिछानेसँग बयान सकेर प्रतिवेदन तयार गरी सोमबार अदालतमा मुद्दा दर्ता गर्ने भएको हो । २० असोजदेखि प्रहरी हिरासतमा रहेका लामिछानेविरुद्ध प्रहरीले तीनपटक म्याद थप गरी अनुसन्धान गर्दै आएको छ । उनीसँग प्रहरीले […]

बलात्कार आरोपित दुई कराँते प्रशिक्षकविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । एक किशोरीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका विराटनगरका दुई कराँते प्रशिक्षकविरुद्ध बलात्कार मुद्दा दर्ता गरिएको छ । विराटनगर महानगरपालिका-३ का ५० वर्षीय विनोद राउत र विराटनगर-४ का ५० वर्षीय सुरज सुवेदीविरुद्ध जिल्ला अदालत मोरङमा जबरजस्ती करणी मुद्दा दर्ता गरिएको हो । सरकारी वकिलको कार्यालय मोरङका अनुसार करणी मुद्दामा सातदेखि १० वर्षसम्म कैद र […]

एक वर्षमा सम्बन्धविच्छेदका १८४ मुद्दा दर्ता

जिल्ला अदालत खोटाङमा आर्थिक वर्ष ०७८/७९ मा सम्बन्धविच्छेदका १८४ मुद्दा दर्ता भएका छन् । एक वर्षको अवधिमा अदालतमा दर्ता भएका १८४ मुद्दामध्ये १३८ मुद्दा फर्स्योट भएका छन् भने ४६ वटा मुद्दा...

पल शाहविरुद्ध नवलपरासी अदालतमा बलात्कार मुद्दा दर्ता

अभिनेता पल शाहविरुद्ध जिल्ला अदालत नवलपरासी बर्दघाट सुस्ता पूर्वमा बलात्कार मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आज दिउँसो साढे तीन बजेतिर शाहविरुद्ध बलात्कार मुद्दा दर्ता गराएको हो ।   १५ वर्ष ८ महिना चार दिनकी बालिकालाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गरिएको हो । गायिका समेत रहेकी बालिकाले दिएको जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा १ र २ बमोजिम कसूरदार ठहर गर्दै सरकारी वकिलको कार्यालयल

उखुबारी हत्या प्रकरणका ६ जनाविरुद्ध मोरङ अदालतमा मुद्दा दर्ता, एक जना अझै फरार

मोरङ – मोरङको धनपालथान गाउँपालिकास्थित उखुबारीमा भेटिएको दुई साझेदार व्यवसायको हत्याप्रकरणमा संलग्नविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ। विराटनगरस्थित जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार हत्या प्रकरणका ६ जनाविरुद्ध कर्तव्य ज्यानको मुद्दा दर्ता भएको छ। केही दिनअघि प्रहरी घटनासम्बन्धी मिसिल जिल्ला सरकारी वकिल कार्यालय मोरङमा बुझाएको थियो। कार्यालयले सोमबार पक्राउ परेका ५ […]

मुद्दा दर्ता गर्नेको संख्यामा वृद्धि

डडेल्धुरा । जिल्ला अदालत डडेल्धुरामा मुद्दा दर्ता गर्नेको संख्या बढ्दै गएको छ । जिल्ला अदालत डडेल्धुराले सार्वजनिक गरेको तथ्यांकअनुसार अदालतमा आर्थिक वर्ष २०७७/०७८ मा २ सय २ मुद्दा दर्ता भएको छ जुन गत वर्षको तुलनामा २६ प्रतिशतले बढी हो । दर्ता भएका मुद्दाहरुमा बालविवाह र सम्बन्ध विच्छेद सम्बन्धि बढी रहेका छन् । त्यसैगरी जर्बजस्ती करणीका […]

डडेल्धुरामा २६ प्रतिशतले बढ्यो मुद्दा दर्ता

डडेल्धुरा, असार ३१ । जिल्ला अदालत डडेल्धुरामा मुद्दा दर्ता गर्नेको संख्या बढ्दै गएको छ । जिल्ला अदालत डडेल्धुराले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अदालतमा आर्थिक वर्ष २०७७/७८ मा २ सय २ मुद्दा दर्ता भएको छ जुन गत वर्षको तुलनामा २६ प्रतिशतले बढी हो । दर्ता भएका मुद्दाहरुमा बालविवाह र सम्बन्ध विच्छेद सम्बन्धि बढी रहेका छन् । […]

जिल्ला अदालत मनाङमा एक वर्षमा १२ ओटा मुद्दा दर्ता

असार ३१, मनाङ । हिमाली जिल्ला मनाङमा एक वर्षको अवधिमा १२ ओटा मुद्दा दर्ता भएको तथ्यांकले देखाएको छ ।  आर्थिक वर्ष २०७७/०७८ मा विभिन्न शीर्षकमा जिल्ला अदालत मनाङमा १२ ओटा मुद्दा दर्ता भएका हुन् । जिल्ला अदालतले दिएको तथ्यांकअनुसार जिल्लामा सबैभन्दा धेरै सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । जिल्लामा एक वर्षको अवधिमा ६ ओटा सम्बन्धविच्छेदका घटना दर्ता भएको अदालतका श्रेस्तेदार तारादत्त बडुले बताए ।  उनले भने, ‘हिमाली जिल्ला मनाङमा अत्यन्त कम मात्रामा मुद्दा दर्ता हुन्छ । आव २०७७/०७८ मा १२ ओटा मुद्दा दर्ता भएको छ । यसमध्ये पनि सबैभन्दा धेरै ६ ओटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका हुन् । ६ ओटामध्ये चार ओटा फैसला भइसकेको छ, भने दुई ओटा फैसला हुन बाँकी छ ।’ जिल्लामा सोबाहेक जबर्जस्ती करणी, बहुविवाह, कुटपिट, ज्यान मार्ने, सवारी दूर्घटना र अभद्र व्यवहारका घटना एक÷एक ओटा दर्ता भएका छन् । जिल्लामा कुल १२ ओटा मुद्दामध्ये आठ ओटा फैसला भइसकेको र चार ओटा बाँकी रहेको श्रेस्तेदार बडु बताउँछन् ।   आर्थिक वर्ष २०७६/०७७ मा भन्दा यस वर्ष मुद्दा दर्ताको घटना बढेको तथ्यांकले देखाएको छ । विसं २०७६/०७७ मा जिल्लाभर नौ ओटा मुद्दा दर्ता भएको थियो । मुलुकका विभिन्न जिल्लामा मुद्दाको चाप देखिए पनि जिल्ला अदालत मनाङमा भने अत्यन्त कम मुद्दा दर्ता हुने गरेको छ ।  मनाङ सानो र थोरै जनसंख्या भएको जिल्ला भएकाले पनि यहाँ घटेका घटनालाई गाउँघरमा नै मिलाउन सहज भएको हुनुपर्छ । यहाँका समुदाय फरक नभई एउटै किसिमका भएकाले पनि उनीहरुबीच न्यायोचित ढंगले मेलमिलाप हुने श्रेस्तेदार बडुको भनाइ छ ।  उनी भन्छन्, ‘मनाङ सानो र थोरै जनसंख्या भएको जिल्ला हो । यहाँ घटेका घटनालाई गाउँघरमा नै सहज तवरबाट मिलाइन्छ । यहाँ अधिकांश एउटै समुदायका मानिसको बसोबास छ, यस कारणले गर्दा पनि घटना नघट्ने र घटिहाले पनि एकापसमा न्यायोचित ढंगले मेलमिलाप हुने गरेको पाइएको छ ।’ रासस