काठमाडौं (अस) । मोबाइल फोन उत्पादक कम्पनी शाओमीले आफ्नो फ्ल्यागशिप सिरिज शाओमी १२ अन्तर्गत ‘शाओमी १२’ प्रो नेपाली बजारमा ल्याएको छ ।
प्रयोगकर्तालाई कटिङ एज भिडियोग्राफी र इन्टरटेन्मेन्ट पावर हाउसको सुविधा रहेको उक्त मोबाइल फोन नेपाली बजारमा बुधवार सार्वजनिक गरिएको हो । कार्यक्रममा शाओमी नेपालका नवनियुक्त देशीय महाप्रबन्धक अमित पण्डाले कम्पनी सधैं टपनच प्रविधि, इनोभेसन सुप्रिम पर्फर्मेन्स र सर्वोत्कृष्ट डिजाइन युक्त डिभाइस ल्याउन केन्द्रित रहेको बताए ।