सीमा नाकामा भइरहेको आवतजावतका कारण कोरोना संक्रमितहरुको सङ्ख्या बढेको पाइएको छ । पर्साको वीरगञ्जनाका भई नेपाल प्रवेश गर्नेमा कोरोना सङ्क्रमण पुष्टि हुने क्रम बढ्दै गएको हो ।सीमानाकामा स्थापित हेल्थ डेस्कमा एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको पाइएको छ । गत चैत र वैशाखमा एन्टीजेन विधिबाट परीक्षण गर्दा एक जनामा पनि सङ्क्रमण पुष्टि भएको थिएन । तर जेठमा तीन जनामा सङ्क्रमण देखिएकोमा असार २३ गतेसम्म १६ जनामा सङ्क्रमण देखिएको डेस्क इञ्चार्ज डा अनिसा महतोले जानकारी दिइन्