सुनसरी जिल्लाको बराह क्षेत्र नगरपालिका १ स्थित धरान चतरा सडक खण्डको बाघ खोलामा वर्षाको कारण आएको बाढीले आइतबार को २ ह ९७८५ नम्बरको अटोलाई बगाउँदा उक्त अटोमा सवार एक जनाको मृत्यु भएको छ भने दुई जनालाई सशस्त्र प्रहरीले उद्धार गरेको छ ।धरानबाट चतरातर्फ जाँदै गरेको सो अटोलाई बाढीले बगाउँदा सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिका १ चतराघाट बस्ने १७ वर्षी या ईस्थिविना राईको मृत्यु भएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले अटो चालक धरान उपमहानगरपालिका १७ बस्ने ३३ वर्षीय राजु राईलाई सकुशल उद्धार गरेको छ ।