गठबन्धन नेपाली राज्यको अनिवार्य परिदृश्य हो : राजनीतिक विश्लेषक कृष्ण पोखरेल

स्थानीय तहको निर्वाचनमा सत्ता पक्षका पाँच दलले विभिन्न पालिकामा आपसमा तालमेल गरेका छन् । अर्कोतिर नेकपा एमालेले पनि केही पालिकामा साना दलसँग तालमेल गरेको छ ।गठबन्धनका बारेमा विभिन्न कोणबाट विभिन्न खालका टिप्पणी आइरहे पनि राजनीतिक विश्लेषक कृष्ण पोखरेल यसलाई नेपाली राज्यको अनिवार्य परिदृश्य मान्छन् । उनी गठबन्धनलाई स्वाभाविक रूपमा लिन्छन् । यद्यपि यसको नतिजा मिश्रित हुने उनको भनाइ छ ।स्थानीय तह निर्वाचन, जनताको भावना, गठबन्धनको औचित्य र धरातल लगायतका विषयमा केन्द्रित रहेर रातोपाटीले विश्लेषक पोखर