वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले संविधान रक्षाका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् । नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड (नेको)द्वारा सञ्चालित मनमोहन मेमोरियल अस्पतालको १६औं वार्षिक साधारणसभाका अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले संविधान, संघीयता र समावेशी लोकतन्त्रको रक्षाका लागि गठबन्धन आवश्यक रहेको बताए ।