पोखरा – मान्छे कतिसम्म क्रुर र निर्दयी बन्दै छ ? तनहुँको बन्दीपुरमा सोमबार घटेको एक घटनाले प्रष्ट पार्छ। बन्दीपुर गाउँपालिका–३ शेराटारमा सोमबार एकाविहानै आफ्नै आमालाई छोराबुहारीले कुटपिट गरी मारेर आगोमा जलाइदिएका छन्। सोमबार विहान उज्यालो नहुँदै राजकुमार सार्कीको गाई गोठमा आगो लाग्यो। गाइगोठमा आगो लाग्दा गाइसँगै राजकुमारकी आमा ८४ वर्षीया माया सर्किनीको जलेर मृत्यु भयो। […]