'कम्युनिस्ट सहकार्यको माध्यमबाट क्रमशः एकताको बिन्दुमा पुग्न सक्छौं'

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीहरूबीच वर्तमान अवस्थामा एकताभन्दा पनि सहकार्यको खाँचो भएको बताएका छन् । सोमबार ललितपुरको गोदावरीमा नेकपा स्थापनाको हीरक महोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले अहिले कम्युनिस्ट पार्टीबीच एकता भन्यो भने विगतमा किन फुटेको भन्ने प्रश्न स्वाभाविक रुपमा उठ्नसक्ने बताए ।