कर्णाली प्रदेश प्रमुख तिलक परियारले थारु समुदायले मनाउने माघी र मगर समुदायले मनाउने माघे सङ्क्रान्तिको अवसरमा शुभकामना व्यक्त गरेका छन् । ‘माघी तथा माघे सङ्क्रान्ति’को अवसरमा प्रदेश प्रमुख परियारले स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा नेपाली तथा कर्णालीवासीमा शुभकामना व्यक्त गरेका हुन । “बहुजाति, बहुसांस्कृतिक, बहुधार्मिक, बहुभाषिक विविधताले नेपालको राष्ट्रिय एकता र सद्भाव कायम गरेको छ”, उनले भने, “यो पर्वले पनि पारस्परिक मित्रता र सहिष्णुता अभिवृद्धि गर्दै आएको छ ।&