सर्वोच्च अदालतले धनुषा जिल्ला अदालतका न्यायाधीश परशुराम भट्टराईलाई काजमा तानेको छ । सोमबारदेखि नै लागू हुने गरी उनलाई काजमा सर्वोच्च अदालतमा तानिएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको हो । न्यायाधीश भट्टराईले गरेका केही फैसला विवादित भएपछि उनलाई जिल्ला न्यायाधीशको जिम्मेवारीबाट हटाएर काजमा तानिएको स्रोतको भनाइ छ ।उनले गोली हानेर व्यवसायीको हत्या गरेको अभियोग लागेका व्यक्तिलाई प्रमाण नपुगेको भन्दै सफाइ दिएका थिए । पेस्तोल र गोलीसहित पक्राउ परेका आरोपितलाई सफाइ दिने फैसला विवादित बनेको थियो । पछ