फागुन २९, काठमाडौं । साताको पहिलो दिन आइतवार नेपाली बजारमा सुनको मूल्य २०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुनको मूल्य प्रतितोला १ लाख २ हजार ८०० रुपैयाँ कायम भएको छ । गत शुक्रवार भने सुनको मूल्य २०० रुपैयाँले घटेर प्रतितोला १ लाख २ हजार ६०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, आइतवार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ । यो दिन चाँदी १ हजार ४२५ रुपैयाँमा कायम भएको छ । गत शुक्रवार चाँदीको कारोबार प्रतितोला १ हजार ४१५ रुपैयाँमा भएको थियो ।
आइतवार अन्तरराष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेको छ ।
रुस र युक्रेन बीच भएको तनावका कारण पछिल्लो समय सुनको भाउ अन्तरराष्ट्रिय बजारमा उकालो लागेको थियो । आइतवार न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ९८७ दशमलव ९९ डलर पुगेको छ ।