काठमाडौं : आज राष्ट्रिय पुस्तकालय दिवस मनाइँदैछ। पुस्तकालयका क्षेत्रमा भएका गतिविधि एवं पुस्तकालयको आवश्यकताबारे जानकारी गराउने उद्देश्यका साथ नेपालमा २०६५ भदौ १५ गतेदेखि औपचारिक रुपमा दिवस मनाउन थालिएको हो।जनतालाई शिक्षित र राष्ट्रलाई समृद्ध बनाउने उद्देश्यले नेपालमा पुस्तकालय दिवस मनाउन थालिएको हो। पुस्तकालय दिवस ज्ञानको ज्योति छर्ने दिनको रुपमा लिइन्छ। यसलाई केवल नारामा सीमित नगरी पाठक, विद्यार्थी, शिक्षक, लेखकलगायत आम नागरिकहरूले आदरपूर्वक सम्झने दिनका रूपमा स्थापित गराउन सरोकारवालाले जोड दि