प्रधानन्यायाधीशसँगको भेटपछि न्यायाधीशहरु फेरि सामूहिक छलफलमा

काठमाण्डाै - सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीशहरुबीचको छलफल सकिएको छ । प्रधानन्यायाधीश जबरासँगको छलफल पछि न्यायाधीशहरु फेरि सामूहिक छलफलमा जुटेका छन् । प्रधानन्यायाधीश जबरासँगको छलफलपछि फेरि सामूहिक छलफलमा बसेर निर्णय गर्ने न्यायाधीशहरूले बताएका छन् । हिजो प्रधानन्यायाधीशले तोकेको इजलास बहिष्कार गरेका न्यायाधीशहरुले आज जबरासँग भेटवार्ता गरेका हुन्। आज विवादकैबीच प्रधानन्यायाधीश विनाको संवैधानिक इजलास रोक्न माग गरिएको मुद्दामाथि सुनुवाइ तोकिएको छ । तर मुद्दाको सुनुवाइ भने अनिश्चित...