चितवन। चितवनमा अझैपनि कोरोना संक्रमितको संख्या पाँचसयमाथि रहेकाले कोरोना जोखिम कायमै रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। त्यसैले अझैपनि अपनाउने पर्ने सावधानीहरु, जनस्वास्थ्यका मापदण्डहरु पालना गर्ने कुरालाई हेलचक्राँई गर्न नहुने स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य प्रशासक दिपकबाबु तिवारीले जानकारी दिए। अझैपनि अवस्था सामान्य बनिनसकेको उनको भनाइ छ। उनका अनुसार जिल्लाका २ लाख ७० हजार नागरिकलाई खोप लगाइ सकिएको छ।