काठमाडाैं : फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोटअन्तर्गत समूह चरणको छैटौं खेलमा नेपालले चाइनिज ताइपेईमाथि सहज जित दर्ता गरेको छ। भर्खरै सकिएको खेलमा नेपालले ताइपेईलाई २-० गोल अन्तरले हराएको हो। नेपालको जितमा अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे। खेलको तेश्रो मिनेटमा अञ्जनले पेनाल्टी गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए ।कुवेतको जावेद अल महम्म रंगशालमा भएको खेलमा खेल अवधिभर नेपालले ताइपेईलाई दबाबमा राखेको थियो। खेलको तेश्रो मिनेटमा सन्तोष तामाङको फ्रिकिकमा