काठमाण्डाै – विभिन्न किसान संगठनले भूमि समस्या समाधान आयोग विघटनको निर्णय स्वागत गरेका छन् । अखिल नेपाल किसान महासंघसहित विभिन्न ७ वटा संगठनले संयुक्त विज्ञप्ति निकालेर एकपक्षीय ढंगले आयोग गठन भएको भन्दै तत्काल अधिकार सम्पन्न उच्चस्तरीय भूमिसुधार कार्यान्वयन आयोग बनाई किसानका समस्या समाधानका लागि प्रकृया अगाडि बढाउन समेत माग गरेका छन् ।
खेती गर्ने कतिपय किसानसँग आफ्नै जमिन नरहेको, जमिन हुनेहरू सबै कृषि उत्पादनमा संलग्न नरहेको अवस्थामा कृषि उत्पादनमा संलग्न हुन चाहने सबै भूमिहीनहरू, मुक्तकमैया, मुक्तहलिया...