तेस्रो साना सहरी खानेपानी आयोजना:अनियमिततापछि आयोजनाको काम रोकियो

विदुर नगरपालिकाभित्र बृहत् खानेपानी आयोजना सञ्चालनका लागि तेस्रो साना सहरी खानेपानी आयोजनामार्फत भइरहेको पाइप विस्तारको काममा अनियमितता भएको उपभोक्ताले गुनासो गरेका छन् । करीब ८१ करोड रुपैयाँको लगानीमा निर्माणाधीन सो आयोजनामा अनियमितताको विवाद भएपछि काम प्रभावित भएको छ । आयोजनाअन्तर्गत उपभोक्ताको घरसम्म विस्तार गरिएको पाइपको मोटाई तोकिएको भन्दा कम र बिछ्याउन कम गहिराइको खाल्डो खनिएकाले…