बैतडी : सुदूरपश्चिम प्रदेश सरकारले गत मंसिरमा जिल्ला अस्पताल बैतडीलाई उपलब्ध गराएको भेन्टिलेटर मेसिन फिर्ता मागेको निर्णयप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ।नेपाली कांग्रेस बैतडीका उपसभापति चतुरबहादुर चन्दले आइतबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै उक्त निर्णयप्रति आपत्ति भएको जनाएको हो। जिल्ला अस्पतालमा दक्ष जनशक्ति नहुँदा भेन्टिलेटर प्रयोगविहिन भएको भन्दै प्रदेश सरकारले जनशक्ति भएको ठाउँका लागि फिर्ता गर्न आग्रह गरेको थियो।प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापन पत्रमा भेन