वन कार्यालयबाट अनुमति नलिई सालका रुख काटेको आरोपमा जिल्लाको कटारी नगरपालिका–३ स्थित सदाबहार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पक्राउ परेका छन्। समूहको वनक्षेत्रबाट रुख काटेको आरोपमा अध्यक्ष बद्रीकुमार घिमिरे पक्राउ परेका हुन्।...
रुकुमपश्चिम– रुकुमपश्चिममा वनको रुख फँडानी गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक वडाध्यक्ष छन् । अवैध रूपमा सामुदायिक वन क्षेत्रका रूख फँडानी गरेको आरोपमा चौरजहारी नगरपालिका–११ का वडाध्यक्ष तुल्से ओलीसहित चार जनालाई डिभिजन वन कार्यालयले पक्राउ गरेको हो । पक्राउ पर्नेमा वडाध्यक्ष ओलीसहित ५१ वर्षीय कुले नेपाली, २६ वर्षीय विशाल केसी र […]
चितवन – वन्यजन्तुको अङ्ग अवैध रूपमा ओसारपसार तथा खरिद बिक्री गर्ने कार्यमा संलग्न रहेको आरोपमा नौ जना पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा चितवन राष्ट्रिय निकुञ्ज कार्यालय र निकुञ्ज सुरक्षार्थ तैनाथ खड्गदल गणबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत वैशाख ३१ गते भरतपुर महानगरपालिका क्षेत्रमा आखेटोपहार बिक्री […]
मकवानपुरको हेटौंडास्थित एक सामुदायिक वनमा रहेका ६७ सालका रूख अवैध रुपमा कटान गरेको आरोपमा सातजनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया सुरु गरिएको छ ।
हेटौंडा उपमहानगरपालिका–१४ डाइभर डाँडामा रहेको सामुदायिक वन भित्रका...
काठमाडौँ । अवैध रूपमा काम गरेको आरोपमा दक्षिण कोरियामा १३ जना नेपाली पक्राउ परेका छन्। त्यहाँको अध्यागमन ऐन उल्लंघन गरेको आरोपमा १३ नेपाली पक्राउ परेका हुन्। कामदारको रुपमा दक्षिण कोरिया पुगेका ती नेपालीले समयअवधि सकिँदा पनि काम गरेको र मौसमी कामदारको रुपमा गएपनि काम फेरेर अर्को काम गरेको आरोपमा पक्राउ परेको अध्यागम स्रोतले जानकारी दिएको […]
वीरगञ्ज : अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा पर्साको वीरगञ्जबाट प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। अवैध रूपमा कल बाइपास गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले भारतका इरफान सुफियान खानलाई वीरगञ्जबाट पक्राउ गरेको हो। ब्यूरोबाट खटिएको टोलीले वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्लको सहयोगमा वीरगञ्ज महानगरपालिका–२ रेल्वे रोडस्थित मनान मियाँ तेलीको घरमा बसेर अवैध रूपमा कल बाइपास
काठमाण्डाै – सुनको अवैध ओसारपसार गर्ने सात जना पक्राउ परेका छन् । सुनको पेस्ट बनाएर कपडाको भित्री भागमा राखी अवैध रूपमा ल्याएको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको हो ।
शनिवार दिउँसो दुबईबाट नेपाल वायु सेवा निगमको जहाजमार्फत नेपाल आएका उनीहरूलाई भन्सार छलेर सुन ल्याएको आरोपमा पक्राउ गरेको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
पक्राउ परेकामध्ये गुल्मी घर भइ रूपन्देहीको सैनामैना नगरपालिका १ बस्ने सुरेशबहादुर शाही र कपिलवस्तुका सन्दीप चन्द ठकुरीले लगाएको सर्ट, पाइन्ट र भित्री वस्त्रलग...
अवैध रुपमा जडीबुटी ओसारपसार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय गोरखाले एक जना पुरुषलाई पक्राउ गरेको छ । धार्चे गाउँपालिका वडा २ रुन्चेतका ४६ वर्षीय बुद्धराम गुरुङलाई बिहीबार पक्राउ गरिएको प्रहरी...
अवैध रूपमा सालको काठ ओसारेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरी काठ समेत बरामद गरेको छ ।
पक्राउ पर्नेमा रोल्पा रुन्टीगढी गाउँपालिका–२ का २१ वर्षीय महेश पुन, सोही ठाउँका २८ वर्षीय वसन्त क्षेत्री, २२ वर्षीय विनोद पुन र २८ वर्षीय सुशिल घर्तीमगर रहेका छन् ।
दाङको गढवा गाउँपालिका–५ कक्रहवाबाट अवैध रूपमा सालको काठ चोरी निकासी भइरहेको प्राप्त सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बिहीवार राति कोइलाबासदेखि गढवातर्फ अवैधरूपमा सालको काठ ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी ...