काठमाडौँ- आइतबारदेखि काठमाडौँको कुहिने र नकुहिने फोहोर अलग-अलग छुट्याएर लगिने भएको छ। साउन १ गतेबाट काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा कुहिने र नकुहिने फोहोर अलगअलग छुट्याएर लगिने निर्णय यसअघि नै गरिसकेको छ। महानगरले स्थानीयबासीसँग गरेको सहमतिअनुसार फोहोर वर्गीकरण गरेर मात्र व्यवस्थापन गर्ने भएको हो। महानगरपालिकाले कुहिने र नकुहिने फोहोर एकै ठाउँमा मिसाउनेलाई आइतबारदेखि कारबाही गर्ने बताएको छ। […]