बक्सिङ स्वर्ण विजेता सनिल शाही सम्मानित

तेह्रौं साग खेलकुद अन्तर्गत बक्सिङ ६० केजी तौल समूहमा स्वर्ण विजेता सनिल शाहीलाई स्थानीय संघसंस्थाले सम्मान गरेको छ । नेपाल ओलम्पिक कमिटीका प्रमुख तथा काठमाडौं क्षेत्र नम्बर ८ का सांसद जीवनराम श्रेष्ठले विजेता शाहीलाई उहाँकै टोल ओमबहालस्थित २३ वडा कार्यालयमा सम्मान गर्नुभएको हो ।