विधान महाधिवेशनका लागि एमालेमा ४ समिति, राजनीतिक प्रतिवेदन मस्यौदामा ओली

काठमाडौं। नेकपा एमालेले आगामी २७ र २८ भदौमा आयोजना हुने विधान महाधिवेशनमा प्रतिवेदन पेस गर्न चार वटा मस्यौदा समिति गठन गरेको छ। सोमबारको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा राजनीतिक प्रतिवेदन मस्यौदा समिति, ईश्वर पोखरेलको संयोजकत्वमा सङ्गठनात्मक प्रतिवेदन मस्यौदा समिति, विष्णु पौडेलको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति र रामबहादुर थापाको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरेको छ।

सम्बन्धित सामग्री

एमालेको विधान महाधिवेशन आजदेखि गोदावरीमा शुरू हुँदै

काठमाडौं :  नेकपा एमालेको विधान महाधिवेशन आजदेखि शुरु हुँदै छ। ललितपुरको गोदावरीमा शुरु हुने महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले दिउसो साढे १२ बजे उद्घाटन गर्ने छन्।  महाधिवेशनका लागि सबै तयारी पूरा भइसकेको जनाएको एमालेले जनाएको छ।तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटनसत्रपछि शुरु हुने बन्द सत्रमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव इश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव बिष्णु पौडेलले विधान प्रतिवेदन पेश गर्ने छन्। विधान महाधिबेशनका लागि ललितपुरको गोदावरीमा नवन

एमालेको विधान महाधिवेशन १० दिन सर्यो, तीन हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को विधान महाधिवेशन १० दिन पछि सरेको छ । यसअघि असोज ४ देखि ६ गतेसम्म हुने भनिएको महाधिवेशन शनिबार बसेको स्थायी कमिटी बैठकले असोजको १५, १६ र १७ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको हो । विधान महाधिवेशनका लागि पार्टीले स्थायी कमिटीको बैठक असोजको ३ र ४ गतेका लागि डाकेको छ। महाधिवेशनमा देशभरबाट तीन हजार प्रतिनिधि सहभागी हुनेछन्। बैठकले विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संसोधन सम्बन्धी प्रस्ताव, राजनीतिक प्रतिवेदन, सांगठनिक

एमालेको विधान महाधिवेशन साउन २५ देखि २७ गतेसम्म हुने

काठमाडौँ । नेकपा (एमाले) को विधान महाधिवेशन साउन २५ देखि हुने भएको छ । केन्द्रीय समितिको सर्वसम्मतिले विधान महाधिवेशन साउन २५ देखि २७ गतेसम्म गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख सूर्य थापाले जानकारी दिए । विधान महाधिवेशनका लागि राजनीतिक प्रतिवेदन लेखनका लागि अध्यक्ष ओलीको नेतृत्वमा कमिटी गठन भएको हो । विधान महाधिवेशन व्यवस्थापनका निम्ति रामबहादुर […]