भारतको सहयोगमा पाल्पामा तीन विद्यालय निर्माण

काठमाडौं। भारतको सहयोगमा पाल्पास्थित रम्भा उच्च माध्यमिक विद्यालय, लक्ष्मी उच्च माध्यमिक विद्यालय र नव आदर्श बहुमुखी क्याम्पसको निर्माण कार्य सम्पन्न भएको छ। काठमाडौंस्थित भारतीय दूतावासका अनुसार ती भवनहरु ९ करोड ८३ लाखको आर्थिक सहयोगमा निर्माण भएका हुन्। विद्यालयहरुको उद्घाटन शुक्रबार एक कार्यक्रमबीच भर्चुअल रुपमा दूतावासका पदाधिकारीले गरेका थिए। नवनिर्मित संरचनाहरुले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्घि गर्ने अपेक्षा गरिएको छ।