बीओके स्मार्ट सेभिङ खाता

काठमाडौं (अस) । बैंक अफ काठमाण्डू लिमिटेडले ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा दिने उद्देश्यले बीओके स्मार्ट सेभिङ खाता सार्वजनिक गरेको छ । कारोबार अब अझ फटाफट नारासहित बैंकले उक्त बचत खाता स्ञ्चालनमा ल्याएको हो । नयाँ बचत खाता ग्राहकले प्रविधि प्रयोग गरी अनलाइन माध्यमबाट पनि खोल्न सक्ने बैंकले बताएको छ । बचत खाता खोल्दा ग्राहकले ६ दशमलव ५५ प्रतिशत वार्षिक ब्याजदरसहित मोबाइल बैंकिङ शुल्क, डेबिट कार्ड जारी शुल्क, बीओके ई–कम डलर कार्ड जारी शुल्कमा ५० प्रतिशत छुट दिनेछ । बचत खाताले ग्राहकको बैंकिङ कारोबार थप सहज बनाउने विश्वास बैंकको छ । हाल बैंकले ९२ शाखा, ८४ एटीएम, १० एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ ।