काठमाण्डाै - प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये १४२ वटाको नतिजा सार्वजनिक भएको छ । प्राप्त नतिजा अनुसार कांग्रेस ४६, एमाले ३८, माओवादी केन्द्र १६ र एकीकृत समाजवादी १० ठाउँमा विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी ७ ठाउँमा विजयी भएको छ ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) राप्रपा र स्वतन्त्र उम्मेदवारले समान ५/५ ठाउँमा जितेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले ४ ठाउँमा जितेको छ । नागरिक उन्मुक्ति पार्टीले ३ ठाउँमा जितेको छ । जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले एक/एक ठाउँमा ...