चितवन : विकासका नाममा देशभर भ्यू-टावरको मोह बढ्दै गएका बेला चितवन राष्ट्रिय निकुञ्जको मूल क्षेत्र (कोर एरिया) मै स्वीकृति नै नलिई लजसहितको भ्यू-टावर निर्माण गरिएको पाइएको छ।खैरहनी–१३ इचर्नीबाट एक किलोमिटर दक्षिणतर्फ निकुञ्जभित्र निर्माणाधीन भ्यू-टावरमा आर्थिक अनियमितता समेत भएको उजुरी परेपछि बल्ल निर्माण कार्य रोकिएको छ। अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो।कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष हिराबहादुर गुरुङ नेतृत्वक