१६ फागुन, काठमाडौं । हेटौंडाबाट काठमाडौं जोेड्ने छोटो दूरीको सुरुङमार्ग निर्माण गर्न सरकार नै अग्रसर भएको छ । निजी क्षेत्रले ‘सिन्को नभाँचेपछि’ सडक विभाग आफैंले भीमफेदी–कुलेखानी खण्डमा सुरुङ निर्माणको अवधारणा ल्याएको हो ।
विभागको प्रस्तावअनुसार सडक विस्तार गर्न असजिलो रहेको भीमफेदी–कुलेखानी खण्डमा मात्रै सुरुङ निर्माण गरिनेछ । हेटौंडा–भीमफेदी र कुलेखानी–काठमाडौं सडकखण्डलाई …