एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात, भुटान ५० रनले पराजित

काठमाण्डाै - एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ ।  मलेसियामा केहीबेर अघि सकिएको खेलमा भुटानलाई ५० रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो  । नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटान १७ ओभर ५ बलमा अलआउट भयो । उसले  ४४ रन मात्र बनाउन सक्यो । भुटानका लागि छिरिङ जान्ग्मोले १६, एनगावाङ छोडेनले ८, सोनाम छोडेनले ५ र पेमा सोल्डेनले ४ रन बनाइन् । नेपालकी सङ्गीता राईले ४ विकेट लिइन् भने कविता कुँवरले २ तथा अश्मिना कर्माचार्य, सीता राना मगर र इन्दु ...