करिब ६ महिनापछि खुलेको सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द भएको छ । यातायात व्यवस्था विभागले लाइसेन्स अनलाइन आवेदन प्रणालीमा प्राविधिक समस्या देखिएको र मर्मतका लागि बन्द गरिएको जनाएको छ । विभागले एक सूचना जारी गरेर सर्भरमा समस्या देखिएपछि प्रणाली बन्द गरिएको जनाएको छ ।‘प्रणाली मर्मतको कार्य भइरहेको व्यहोरासमेत यसै सूचनाबाट जानकारी गराईन्छ’ सूचनामा भनिएको छ ।