कृत्रिम हातखुट्टा पाएपछि आत्मनिर्भर

पूर्वी नवलपरासीमा सबल केन्द्र स्थापना भएपछि हातखुट्टा गुमाएकाले नयाँ जीवन पाएका छन् । अरूको सहाराबिना हिँडडुल गर्न समस्या हुनेहरू कृत्रिम हातखुट्टा पाएपछि भने आत्मनिर्भर भएका छन् । लमजुङका २९ वर्षीय विकास तामाङ जन्मँदा नै बायाँ खुट्टा थिएन । हिँडडुल गर्न समस्या हुँदा जीवनदेखि नै निराश उहाँले अहिले कृत्रिम खुट्टा पाएपछि आफू र आफ्नो परिवारको दैनिकी चलाउँदै आउनुभएको छ । पाँच वर्षअघि सहज अस्पताल गैँडाकोट र चौधरी फाउन्डेसनले राखेको कृत्रिम हातखुट्टा जडान शिविरमा कृत्रिम खुट्टा राखेको उहाँले बताउनुभयो ।