सर्लाहीमा मलको हाहाकार

सर्लाही, ११ असोज । नेपालका अधिकांश जनता कृषिमा आधारित छन् । समयमै मल नपाउने समस्या किसानहरुले सधै भोग्नुपर्छ । धानले अहिले फुल खेल्ने बेला भइसकेको छ । डेढ महिनादेखि सर्लाहीका कृषकहरुले युरिया र डिएपी मल पाएका छैनन् । मल वितरण गर्दै आएका सहकारीहरु, डिलरहरु र पसलहरुमा किसान पुग्ने भएपनि रित्तो हात फर्कुनपरेको कृषकहरु बताउछन् । […]