बुधबार सेयर बजारको परिसूचक नेप्से ३०. ७५ अंकले घटेको छ । सो अंकको गिरावटपछि परिसूचक २६४९ अंकमा झरेको छ । कुल ४ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको छ । फाइनान्स र जलविद्युत उपसमूह बढेका छन् भने अरु सबै घटेका छन् । फाइनान्स २ र जलविद्युत उपसमूह १४ अंकले बढे ।