काठमाडौं-४ मा मतगणना सुरू

५ मंसिर, काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ । बुढानीलकण्ठ नगरपालिका-२ चपलिस्थित जेष्ठ नागरिक भवनमा  मतगण्ना सुरु भएको हो । काठमाडौं-४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन कुमार थापा, नेकपा एमालेका उम्‍मेदवार राजन भट्टराई मुख्‍य प्रतिस्पर्धी मानिएको छ ।