प्रविधिको प्रयोग र पहुँच बढ्दै गएपछि सरकारले ‘साइबर सुरक्षा विधेयक’ बनाउने प्रक्रिया अघि बढाएको छ । साइबर सुरक्षा विधेयक बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले आवश्यक मस्यौदा तयार पार्दै छलफल अघि बढाएको हो ।प्रविधिको प्रयोग र पहुँच बढेसँगै साइबर सुरक्षाका घटना रोकथाम गर्न, साइबर सुरक्षाका घटना सम्बन्धी प्रतिक्रियात्मक काम गर्न तथा अनुसन्धान गर्न सरकारले यो विधेयक अघि बढाएको हो । यस्तै, संवेदनशील सूचना, पूर्वाधारका धनी तथा साइबर सुरक्षा सेवा प्रदायकलाई नियमन तथा व्यवस्थित गर्न विधेयक