नेपाली कांग्रेसको प्रदेश अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा पक्षले दुईवटा प्रदेशमा जीत हात पारेको छ । संस्थापन इतर पक्ष भने एउटा प्रदेशमा विजयी भएको छ ।
संस्थापन पक्षले कर्णाली र सुदूरपश्चिम प्रदेशमा सभापति जितेको हो । कर्णालीमा ललितजंग शाही र सुदूरपश्चिममा वीरबहादुर बलायर विजयी भएका हुन् ।
गण्डकी प्रदेशमा संस्थापन इतरका उम्मेदवार शुक्रराज शर्मा विजयी भएका छन् । लुम्बिनी प्रदेशमा मतगणना चलिरहेको छ ।
प्रारम्भिक मतगणनामा संस्थापनइतर समूहका अमरसिंह पुनले अग्रता कायम गरेका छन् भने संस्थापन पक्षका भरत साहले प...