बाडुली सम्झना हैन समस्या

सामान्यतः श्वासनली साँगुरो भई बाहिर आउने श्वास रोकिएको अवस्थामा बाडुली लाग्छ। अर्कोतिर पेटमा हावा भरियो भने वा मस्तिष्कका धमनीमा केही गडबडी भएमा पनि बाडुली लाग्न सक्छ।

सम्बन्धित सामग्री

यसकारण लाग्छ बाडुली, कहिले हुनसक्छ खतरा ?

बाडुली लाग्दा कसैले सम्झना गरेको, कसैले कुरा गरेको भन्ने मानिसको आमधारणा हुन्छ । तर, बाडुली बारम्बार लाग्न थालेपछि रोक्न निकै गाह्रो पनि पर्न सक्छ ।बाडुली शरीरको तल्लो भागको डायाफ्रामबाट आउन सुरु हुन्छ । यो अंग फोक्सो र पेटको बीचमा रहेको गजुर आकारको मांसपेशी हो । सामान्यतया सास लिँदा डायाफ्राम तल्लो भागतिर खुम्चिन्छ भने सास फाल्दा फेरि सामान्य आकारमा परिवर्तन हुन्छ ।डायाफ्रामले नियमित तालिकामा काम गर्छ तर जब यसमा समस्या आउँछ तब ऐठन हुन थाल्छ । जसको कारण सास घाँटीमा अचानक अड्किन्छ र आवाज निकाल्छ