काठमाडौं : ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-६ स्थित लेकटार सामुदायिक वनमा ‘लेकटार पार्क’ निर्माण हुने भएको छ। गाउँपालिकाले माथिल्लो थाक्ले र हिलेपानीको माझमा रिफ्रेस सेन्टरको रुपमा पार्क बनाउन डिपिआर भइसकेको जनाएको छ।गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीका अनुसार सिद्धिचरण राजमार्गमा पर्ने सामुदायिक वनको ५ हेक्टर क्षेत्रफल मासेर पार्क र रिफ्रेस सेन्टर बनाइनेछ।उनले भने, ‘रोजगारीको सिर्जनासँगै आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने, सामुदायिक वनको आम्दानी बढाउने र स्थानीय वस्तुहरू