नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको वैशाखीका कारण नभई सहयोगका कारणले दुई–दुई पटकसम्म केपी ओली प्रधानमन्त्री बनेको बताएका छन् । उनले शनिबार प्रतिनिधिसभामा सम्बोधन गर्दै माओवादीको वैशाखी नभई सहयोगकै कारणले ओली प्रधानमन्त्री बनेको जवाफ फर्काएका हुन् ।यसअघि, अघिल्लो बैठकमा बोल्दै ओलीले नेकपा एमाले कसैको वैशाखी नटेक्ने बताएका थिए । त्यसको जवाफ दिँदै प्रचण्डले दुई–दुई पटक आफ्नो सहयोगमा प्रधानमन्त्री बनेका व्यक्तिले त्यस्तो कुरा गर्न नसुह