केन्द्रीय महाधिवेशनपछि मकवानपुर कांग्रेसको अधिवेशन हुने

हेटौंडा : नेपाली कांग्रेस मकवानपुरको अधिवेशन पार्टीको केन्द्रीय महाधिवेशनपछि मात्र हुने भएको छ।हेटौंडामा बागमती प्रदेश अधिवेशन गर्नुपर्ने र त्यसअघि जिल्ला अधिवेशन सम्पन्न गर्न तयारी नपुग्ने भएकाले अधिवेशन सार्ने निर्णय गरिएको जिल्ला सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिए।मंसिर ७ गते मात्र संघको क्षेत्रीय अधिवेशन भएको र बागमती प्रदेश अधिवेशन मंसिर १६ र १७ गते हेटौंडामा नै गर्नुपर्ने भएकाले त्यसअघि जिल्ला अधिवेशन गर्न सम्भव नभएको निष्कर्ष निकालिएको बुधबार हेटौंडामा आयोजित पत्रकार सम्म