४ देशका राजदूतले राष्ट्रपतिसामु पेश गरे ओहदाको प्रमाणपत्र

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि  थाइल्याण्डका आवासीय राजदूतका साथै पोर्चुगल, भेनेजुएला र मंगोलियाका गैरआवासीय राजदूतहरुले आ–आफ्ना ओहदाको प्रमाणपत्र पेश गरेका छन्।राष्ट्रपति भवन शीतलनिवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्न, पोर्चुगलका जोआओ म्यानुएल मेन्डेस रिबेरो डे अल्मेडा, भेनेजुएलाका कापाया रोडरिजगुज गोन्जालेज र मंगोलियाका गैरआवासीय राजदूत गानबोल्ड डम्बजाभले राष्ट्रपति पौडेलसमक्ष आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरे

सम्बन्धित सामग्री

४ देशका राजदूतले राष्ट्रपति समक्ष बुझाए ओहोदाको प्रमाण पत्र

काठमाडौँ– काठमाडौँस्थित विभिन्न ४ देशका नवयिनुक्त राजदूतहरुले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आ–आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरुले ओहदाको प्रमाणपत्रहरुको बुझाएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । इजिप्टका राजदूत नोहा ह्‍यामडी अहमद इलिजिबली, जर्मनीका राजदूत डा थोमस हेनरिक प्रिन्ज, नर्वेका राजदूत तोरुम ड्रामदल र […]