उखुबारी हत्या प्रकरणः जग्गाको कमिसन एक्लै हत्याउन योजना बनाएर ३ साझेदारको हत्या

जग्गा कारोबारको कमिसनमा कुरा नमिल्दा ३ जनाको हत्या भएको रहस्य खुलेको छ ।  मोरङको धनपालथान गाउँपालिका– ७ स्थित उखुबारीमा माघ १२ र १३ गते प्रहरीले २ जनाको शव उत्खनन गरेर निकालेको थियो । उखुबारीबाट माघ १२ गते सप्तरीको शम्भुनाथ नगरपालिका– ४ का ३२ वर्षीय शम्भुकुमार चौधरी र माघ १३ गते सुनसरीको धरान उपमहानगरपालिका– ३ घर भई भक्तपुर बस्दै आएका ४८ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको शव भेटिएको थियो । माघ २० गते ललितपुरको गोदावरी नगरपालिका– १२ बाट तेह्रथुमका ६३ वर्षीय मोहन लिम्बूको शव ...