काठमाडौं : काठमाडौं आज बिहान पनि विश्वको सबैभन्दा बढी प्रदूषित सहर बनेको छ। वायु प्रदूषणसम्बन्धी ताजा विवरण राख्ने स्वीट्जरल्याण्डको आइक्युएयर वेबसाइटका अनुसार काठमाडौंमा आज बिहान वायु प्रदूषणको मात्रा २६८ एक्युआई रहेको छ।
हिजो दिउँसो काठमाडौंको प्रदूषण झण्डै साढे ३०० एक्युआई पुगेको थियो। काठमाडौं तीन दिनदेखि लगातार विश्वको सबैभन्दा प्रदूषित सहरको नम्बर १ सूचीमा रहँदै आएको छ।
देशका विभिन्न ठाउँमा लागेको डढेलोका कारण नेपालका अन्य सहर तथा ग्रामीण क्षेत्रको वातावरण प्रदूषित भएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ।
...