८ चैत्र, सुर्खेत । नेकपा एमाले सुर्खेतको नवौं जिल्ला अधिवेशन आजदेखि सुरू हुँदैछ । वीरेन्द्रनगरको सिटी हलमा हुने अधिवेशनको उद्घाटन एमाले महासचिव शंकर पोखरेलले गर्ने छन् । बिहान ११ बजे अधिवेशनको उद्घाटन हुने तालिका रहेको एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले जानकारी दिए । अधिवेशनअन्तर्गत आज उद्घाटनसहित राजनीतिक तथा आर्थिक प्रतिवेदन पेस गर्ने तालिका […]