आज दोहा जाँदै उपप्रधानमन्त्री श्रेष्ठ, नेपालले एलडिसीको अध्यक्षता ग्रहण गर्ने

काठमाडौं : अति कम विकसित मुलुकहरु(एलडिसी)को सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ आज कतारको दोहा जाँदैछन्। फागुन २१ देखि २५ गतेसम्म आयोजना हुने सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै श्रेष्ठ दोहा जान लागेका हुन्।  नेपालले यसवर्ष अति कम विकसित देशहरु (एलडिसी)को अध्यक्षता ग्रहण गर्ने कार्यक्रम छ। यसअघि मालवीले अध्यक्षता…

सम्बन्धित सामग्री

उपप्रधानमन्त्री श्रेष्ठ आज कतार जानुहुँदै

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ कतारको दोहामा हुने अल्पविकसित राष्ट्रहरूको पाँचौँ राष्ट्रसङ्घीय सम्मेलनमा नेपालको नेतृत्व गर्दै सहभागी हुन त्यसतर्फ जानुहुने भएको छ। आइतबारदेखि मङ्गलबारसम्म हुने सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ शुक्रबार त्यसतर्फ प्रस्थान गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यसअघि मन्त्री श्रेष्ठ अति कम विकसित मुलुक समूहको शिखर सम्मेलनमा सहभागी भई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ। सो सम्मेलन समूहका अध्यक्ष मुलुक मलावीको संयोजकत्वमा शनिबार आयोजना हुँदै छ। सो सम्मेलनमार्फत नेपालले समूहको अध्यक्षता ग्रहण गर्दै छ।